शेयर सदस्यबाहेकका अन्य व्यक्तिसँग कारोबार नगर्न सहकारीहरुलाई निर्देशन

रञ्जन यादव
245 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले गैर सदस्यहरुसंग कुनैपनि कारोवार नर्गन सहकारी संस्थाहरुलाई निर्देशन गरेको छ ।

उपमहानगरपालिकाको सहकारी शाखाले एक सूचना जारी गर्दै यस्तो निर्देशन गरेको हो । महानगरले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सहकारी संस्थालाई सहकारीमा आबद्ध शेयर सदस्यबाहेक अन्य कुनै पनि व्यक्तिसँग बचत तथा ऋण कारोबार नगर्न कडा निर्देशन दिएको छ।

कार्यालयले जारी गरेको पत्रमा सहकारी संस्थाहरूले गैरसदस्य व्यक्तिसँग समेत कारोबार गरिरहेको गुनासो प्राप्त भएपछि यस्तो निर्देशन गरिएको उल्लेख गरेको छ।

सहकारीको मूल सिद्धान्त, सहकारी ऐन २०७४ तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी मापदण्डअनुसार सहकारी संस्थाले आफ्ना शेयर सदस्यसँग मात्र वित्तीय कारोबार गर्न पाउने व्यवस्था रहेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ।

Leave a review