बारामा दुई जना फरार प्रतिवादी पक्राउ

साझेदारी दैनिक
540 पाठक संख्या

कलैया : बारा प्रहरीले विभिन्न मुद्दाका दण्ड सजायको आदेश सुनाइएका दुई जना फरार प्रतिवादीलाई बुधबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टले एक विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

लागु औषध गाँजामा दुई वर्ष कैद र २२ सय रुपैयाँ दण्ड सजाय पाएका परवानीपुर गाउँपालिका वडा नम्बर ५ बाट जितपुर सिमरा उपमहानगर निवासी २८ वर्षीय पुनदेव दासलाई प्रहरीले पक्राउ गरेको हो। दासलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले दासलाई पक्राउ गरेको हो।

लेनदेन विगो मुद्दामा ६ महिना कैद सजाय पाएको कलैया उपमहानगरपालिका १४ निवासी भुनेश चौधरीलाई अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो। उनीहरुलाई पक्राउ गरी आवश्यक कानुनी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Leave a review