शितलहरसंगै बढेको चिसोले जनजिवन प्रभावित

साझेदारी दैनिक
382 पाठक संख्या

कलैया : बुधबारदेखि शुरु भएको शितलहरका कारण अत्याधिक चिसो बढेपछि बाराको जनजिवन प्रभावित भएको छ ।

दिनभरी नै चिसो हावा चल्ने गरेका कारण हात, खुटृा समेत अत्याधिक चिसो हुने गरेकाले जनजिवन कष्ठकर बन्दै गएको छ । चिसोबाट बच्नका लागि मानिसहरु आगोको सहारा लिन थालेका छन ।

चिसोले सवैभन्दा बढी बालबालिका र बृद्धबृद्धालाई बसमस्या भएको छ । चिसोले बाल बालिका तथा बृद्धृबद्धामा रुखाखोकी,ज्वारो,कोलडायरीया लगायतका रोगहरु देखिएको प्रादेशिक अस्पताल कलैया अस्पतालले जनाएको छ । चिसो बाट बच्नका लागी मानिसहरु मोटो कपडा लगाउन थालेका छन।

यता केही दिनदेखी चिसो बढेपछि बाराको सदरमुकाम कलैया लगायत जिल्लाका अन्य बजारहरुमा रहेका रेडिमेड पसलहरुमा मोटो कपडाहरुको बिक्री बढेको ब्यवसायीहरुले बताएका छन । मोटो कपडामा उनी सुईटर,मोफलर,टोपी,ज्याकेट लगायतको बिक्री बढेको छ ।

चिसो छल्नका लागि मानिहरु तातो खानेकुरा खान थालेका छन । चिसोले कलैया बजारमा माछा,मासु,अण्डाको बिक्री बढेको छ । चिसो बढेपछि कलैया बजारका चिया पसलमा ग्राहकहरुको भिड बढेको छ ।

अत्याधिक चिसो बढेपछि पशु पालक कृषकहरु लाई घास ल्याउन समस्या भएको बारा ब्रहम्पुरीका पुश पालक कृषक ज्ञानी पटेलले बताएका छन । चिसो बढेसंगै विद्यालय जाने बालबालिकाहरुलाई पनि असर पारेको छ ।

चिसोकै कारण जिल्लाका अधिकांश विद्यालयहरुमा बालबालिकाहरुको उपस्थितिमा पनि कमी आएको विद्यालयका प्रअहरुले बताएका छन ।

Leave a review