चिसो बढ्न थालेपछि पर्साका विद्यालयहरुमा बिदा

साझेदारी दैनिक
227 पाठक संख्या

वीरगन्ज : केहि दिनदेखी तराई–मधेसमा चिसो अत्याधिक बढ्न थालेपछि पर्सा जिल्लाका विभिन्न स्थानीय तहहरुले विद्यालयहरुमा बिदा दिन थालेका छन् ।

चिसोका कारण पर्साका चार वटा स्थानीय तहहरुले विदा दिएका छन । यसरी चिसोको विदा दिनेहरुमा वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, पकहाँमैनपुर तथा छिपहरमाई गाँउपालिका छन। यी स्थानीय तहहरु अत्याधिक चिसो बढेकाले पालिका अन्तरगतका सवै विद्यालयहरुमा बिदा दिएका हुन् ।

पर्साको वीरगन्ज महानगरपालिकाले सोमबारदेखि बुधबारसम्म गरी ३ दिनका पालिका अन्तरगतका सवै सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुमा पठनपाठन बन्द गराईएको हो । महानगरले वर्षे सट्टे बिदाबाट कट्टा हुनेगरी पुसर ७ देखि ९ पुस गतेसम्म पठनपाठन स्थगीत गरिएको महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले बताए ।

जानकारी गराए । उनका अनुसार, पुस १० गते क्रिसमसको सार्वजनिक बिदा, पुस ११ गते यसअघि नै शेक्षिक क्यालेण्डेरमा वर्षे बिदाबाट कट्टा हुने गरि बिदा दिएको उल्लेख भएको तथा पुस १२ गते शनिबार परेकाल्े अब पुस १३ गते आइतबारदेखिमात्रै विद्यालयहरुमा पठनपाठन सुचारु हुने लामिछानेले बताए ।

यस्तै पर्साकै अन्य तीन पालिकाले पनि केहि दिन यतादेखि अचानक चिसो बढ्दै गएपछि विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै विद्यालयहरुमा जाडो बिदा दिएका छन् ।पकहाँ मैनपुर गाउँपालिकाले पनि चिसोमा विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बर्षे बिदाबाट कट्टा हुने गरी पुस ८ र ९ गते दुई दिनको जाडो बिदा दिइएको शिक्षा शाखा प्रमुख सञ्जय चौहानले बताएका छन ।

यसैगरी पर्साकै पोखरिया नगरपालिकाले पनि चिसोको कारण विद्यालयहरुमा पुस ८ देखि ११ गतेसम्मका लागि बिदा दिईएको जनाएको छ । छिपहरमाई गाउँपालिकाले भने पुस ८ र ९ गते गरी दुई दिनका लागि मात्रै विद्यालयहरुमा जाडो बिदा दिइएको जनाएको छ।

Leave a review