कलैया : बढढो चिसोलाई दृष्टिगत गर्दै बाराको कलैया उपमहानगरपालिकाले एक दिन बिद्यालयमा जाडो बिदा दिएको छ।
शिक्षा, यूवा तथा खेलकुदका शाखा प्रमुख राजिव यादवले बुधबार एक सूचना जारी गर्दै उपमहानगर भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पुस ११ गते शुक्रबार जाडो बिदा दिएका हुन् ।
कार्यालयको निर्णयानुसार कलैया उपमहानगरपालिका अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयहरुको पठन पाठन पुस ११ गते शुक्रवार १( एक) दिन बन्द रहने छ।


