नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल

रासस
270 पाठक संख्या
सङ्घीय संसद्को संयुक्त बैठक काठमाडौँ, १९ वैशाखः सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८२÷०८३ को लागि सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमममा सहभागी । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौँ : प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ ।

सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभयो ।

बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ ।

सभामुख देवराज घिमिरेले राख्नुभएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।

Leave a review

This will close in 0 seconds