रौतहट । रौतहटमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका–१ पथरा स्कुल नजिक गौर–पिपरा भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई युवकको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका प्र.२-०३-०१८ प ३३४६ नम्बरका मोटरसाइकल चालक दुर्गाभगवती–२ पिपरा बजारका ३० वर्षिय अशोक महतो र बीआर ३० एएफ २३७० नम्बरको मोटरसाइकल चालक राजदेवी–२ हजमिनियाका २९ वर्षिय अरबिन्द महतो मृत्युको भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा रहेका दुवै मोटरसाइकल ठोक्किँदा उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी प्रवक्ता विष्णुप्रदीप बस्यालले जानकारी दिए ।


