जीतपुरमा हुने दुर्गा पुजाको सम्पुर्ण तयारी पूरा

रञ्जन यादव
279 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नमवर ७ जीतपुरमा आईतबारदेखि शुरू हुने श्री दुर्गा पुजाको सम्पुर्ण तयारी पूरा भएको छ ।

आईतवार बिहान ७ बजे कलश यात्रा निकालि पुजा सुरु गरिने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको छ ।

तराई भेग सहित देशको अधिकांस ठाँउमा भोलि देखि ९ दिन सम्म नवरात्री पुजाको आयोजना गरिने गरिन्छ ।

पत्रकार सम्मेलनमा दुर्गा पुजा समिति जीतपुरका अध्यक्ष सन्तोस साहले दुर्गा पुजाको तयारी पूरा भएको जानकारी गराउदै आईतबार बिहान ७ बजे बृहत् कलसयात्रा निकाली पुजाको शुरूवात हुने बताए ।

अध्यक्ष साहका अनुसार यस वर्ष दशमिको दिन शान्ति टोल खेलमैदानमा रावन दहन कार्यक्रमको समेत अयाजना गरिएको छ ।

भोलीबाट सुरु भई ९ दिन सम्म हुने नवरात्री पुजामा दिनहु राति सांस्कृतिक कार्यक्रम समेत हुने जनाईएको छ ।

Leave a review

This will close in 0 seconds