निर्वाचन प्रहरी अनुशिक्षण तालिममा सम्पर्क गर्न सशस्त्रको आग्रह

संदिप प्रसाद यादव
302 पाठक संख्या

कलैया । सशस्त्र प्रहरी बलले निर्वाचन प्रहरी अनुशिक्षण तालिममा हालसम्म सम्पर्कमा नआएका उम्मेदवारलाई सम्पर्कमा आउन भनेको छ।

सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विक्रममणी अधिकारीले सोमबार अपरान्ह चार बजेसम्म उनीहरुलाई सम्पर्कमा आउन भनेका हुन्।

निर्वाचन प्रहरी भर्ना, छनौट तथा नियुक्ति उप–समिति कलैया बाराद्वारा माघ१४ गते प्रकाशित निर्वाचन प्रहरीको अन्तिम नतिजा निकालिएको हो। सशस्त्र प्रहरी बल, नेपाल तर्फ सिफारिस भई मिति माघ १८ गतेबाट बारा जिल्लामा अवस्थित सशस्त्र प्रहरी बल, नेपालका विभिन्न युनिटहरुमा संचालित निर्वाचन अनुशिक्षण तालिममा सहभागी हुन भनिएका केही उम्मेदवारहरु हाल सम्म पनि कुनै सम्पर्कमा नआई अनुपस्थित भएको जनाइएको हो।

यसमा अनुपस्थित उम्मेदवारहरुलाई आज माघ २० गते ४ बजे भित्र सशस्त्र प्रहरी बल, नेपाल नं १२ गण हे.क्वा. बारा उत्तरझिट्कैयामा उपस्थित हुन सूचित गरिएको छ।

तोकिएको मिति र समय भित्र उपस्थित नभएमा निजहरुको स्थानमा योग्यताक्रम अनुसार वैकल्पिक सूचिमा रहेका उम्मेदबारहरुलाई तालिममा सहभागी गराईने सो सूचनामा जनाइएकोे छ।

Leave a review

This will close in 0 seconds