रौतहटमा सिटिइभिटीका विद्यार्थी माथि परीक्षा भवन भित्र कुटपिट, विद्यार्थी बेहोस

साझेदारी दैनिक
859 पाठक संख्या

प्रमोद सहनी/
रौतहटको एक विद्यालयमा शिक्षकको कुटाईबाट परिक्षार्थी बेहोस भएका छन ।

जिल्लाको जय किसान बहुप्राविधिक शिक्षालयका कृषि वाली विज्ञान संकायमा अध्यनरत बिधार्थी सुजित कुमार यादव शिक्षकको कुटाईबाट बेहोस भएका हुन ।

परिक्षा दिईरहेका यादवलाई जय किसान माविका प्रधानाध्यापक परीक्षा सहनिर्देशक सञ्जय गुप्ता र देवाही गोनाही नगरपालिकाका शिक्षा शाखा संयोजक अरविन्द यादव परीक्षा सहायक केन्द्र अध्यक्ष सफिन्द्र यादवले परीक्षा भवन भित्र विद्यार्थी यादवलाई चिट चोरेको भन्दै गाली गर्दै हिर्काउदै निर्मम कुटपिट तथा जुत्ताले मर्ने गरी हिर्काएको कारण बेहोस भएको पिडितले बताएका छन ।

कृषि वाली विज्ञान दोश्रो वर्षको को आंशिक परिक्षा दिन गएका परिक्षार्थी यादवलाई परीक्षा भवनमा चिट गरिरहेका देख्दा परीक्षा सहायक केन्द्र अध्यक्ष सफिन्द्र यादवले परीक्षा भवन भित्र गाली गर्दै हिर्काउदै झापड हानेको थिए ।

देवाही गोनाही नगरपालिका का शिक्षा शाखा संयोजक अरविन्द यादवले बताए अनुसार हान्न त हानेको हो तर बेहोस हुने गरी नहानेको बताए । “यस विषयमा परीक्षा एक्सटेर्णल अल्का जायसवाललाई फोन गरेर सोध्दा मेरो फोन आयो भनेर कटे पछि फेरि फोन गर्दा फोन उठाएनन् । यस विषयमा बोल्न नचाहेको देखिन्छ”।

शिक्षालयका कार्यालय प्रमुख धनोज कुमार यादवलाई यस घटना बारे सोध्दा मलाई कुनै जानकारी नभएको बताए । तर दोषी भेटिए कानुन अनुसारको कारवाही गरिने जनाए । सोही विषयमा रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई टेलिफोन सम्पर्क गर्दा यस बिषयमा आफुलाई जानकारी नआएको बताएका छन ।

विद्यार्थीले चिट चोरी गरेको भए विद्यार्थीलाई कारवाही गर्ने प्रक्रिया छुटै हुन्छ। र कुटपिट भएको भए कुटपिट गर्नेलाई कारवाहीको दायरामा ल्याउने प्रजिअ मिश्रले प्रतिबद्धता जनाए ।

Leave a review