विकास र समृद्धिका लागि मतदाताले आफूलाई मत दिने : इन्जिनियर साह

संदिप प्रसाद यादव
223 पाठक संख्या

कलैया : विकास र समृद्धिका लागि मतदाताले आफूलाई मत दिने बारा निर्वाचन क्षेत्र नम्बर ३ का रास्वपा उम्मेदवार इन्जिनियर अरविन्द साहले दावी गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका इन्जिनियर साहले बाराको कलैया उपमहानगरपालिका –२७ बार्वा टोलमा बुधबार घरदैलोका क्रममा मतदातासंग यस्तो बताएका हुन् ।

घरदैलोका क्रममा गाउँघरमा जाने बित्तिकै घण्टीलाई मतदान गर्न मतदाताहरु उमंगसहित उत्साहित रहेको उनले बताए। मतदाताहरुले आफै घण्टीको व्यापक प्रचारप्रसार गरिरहेको रास्वपा उम्मेदवार इन्जिनियर साहको भनाई रहेको छ। घरदैलोका क्रममा पुरानो दललाई धेरै पल्ट जिताऔं,मत माग्न आउछन् तर मत लिएर गएपछि जनतालाई बिर्सिन्छन भन्ने जनताको गुनासो रहेको उनले बताए।

गाउँलेले लगाएको ऋण चुक्ता गर्न गाउँघरमा घुम्दै,जनताको माझ जनताको जनभावनालाई बुझ्दै छु, उनले भने । हाम्रो गाउँको विकासका लागि यो संसदीय निर्वाचन हो उनले भने।पढेलेखेका उम्मेदवार जितेर गयो भने कानुन बनाउन जन विश्वास रहेको उनले बताए। यहि गाउँमा पढे,विजुलीको बिल तिरे,खेले र जिल्ला प्रशासन कार्यालय बाराबाट नगरिकता बनाए तर बाहरिया भने को के हो त्यो आफुलाइ थाहा नरहेको उनले बताए । गाउँ समाजमा एकता र सद्भाव बनाएर अगाडि बढन सम्पूर्ण मतदाताहरुलाई उनले आग्रह गरे।

आर्थिक क्रान्ति बारा जिल्लाबाट सुरु भएको उनले जनाए। बारा जिल्लाका महिलाहरुलाई चटाई बनाउन,सुइटर बनाउन,अचार बनाउन आउथ्यो तर आज त्यही महिलाहरु घरमा मात्र खाना बनाएर बस्दै आएको उनले बताए। रोजगारी नपाएर युवाहरु विदेशिने गरेको दुःखद रहेको बताएका छन्। खेतीमा लगानी बढेको आम्दानी घटेको उनले बताए। अनावश्यक कर,फाइन,विजुलीमा ५ देखि २५ प्रतिशत सम्म फाइन ,खेत बेच्न जादा लाभान्स कर यो लुटतन्त्र भएको उनले भने। जनता कमाउन भन्दा बढी सरकारलाई कर दिदै आएको उनले बताए।

एक करोड ३५ लाख भन्दा बढी जनाले खल्ती एप्स प्रयोग गर्दै आएको हुनाले जनताको विश्वास र भरोसा मेरो माथी हमेसा रहने खल्ती एप्सका निर्देशक एवम् इन्जिनियर साहले बताएका छन्। त्यसैगरी रास्वपा उम्मेदवार इन्जिनियर साहले मौजे रामपुर,बिजुलपुर र कलैया बजारमा भेटघाट कार्यक्रम गरेका छन्।

Leave a review

This will close in 0 seconds