धिरेन्द्र पनुहर/
दोस्रो बारागढी अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ । बारागढी गाउँपालिकाको सहयोगमा स्थानीय जनअभिआन युवा क्लब सिहासनीको आयोजनामा उक्त प्रतियोगिता संचालन भएको हो । प्रतियोगिताको आईतवार गाउँपालिकाका अध्यक्ष देवदत बछारले उद्घाटन गरेका छन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ब्छारले आउदो दिनमा गाउँपालिकामा फुटबल खेलको लागि फराकिलो बजेट बिनियोजित गरेर खेलकुदको विकासमा काम गर्ने बताएका छन ।
उदघाटन समारोह गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवि राय, प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष मनेजर चौधरी, नेरा अधारभुत प्राविका प्रधानाध्यापक देवराज चौधरी, आधारभुत प्रावि पथराका प्रधानाध्यापक कृष्ण चौधरी, ईलाका प्रहरी कार्यालय बारागढीका प्रमुख, सशस्त्र बेश क्याम्प कोल्हवीका प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, पत्रकार, सुरक्षाकर्मीहरुको उपस्थिति रहेकोे थियो कार्यक्रममा स्वागत मन्तव्य भोजराज चौधरीले गर्नु भएको थियो ।
उदघाटन समारोहको खेल निजगढ र बिरगंजको विरुद्ध भएको थियो उक्त्त खेलमा निजगढ क्लब ० को विरुद्ध २ गोलले बिजय हासिल गरेको छ ।

