तारजाली र सिसिटिभीको निगरानीमा बारा-३ को मतगणना हुने

साझेदारी डेलि
344 पाठक संख्या

कलैया । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न निर्वाचन आयोगको मापदण्डअनुसार बारा जिल्लामा सुरक्षा व्यवस्था अत्यन्तै चुस्त बनाइएको छ।

बारा-३ मा निर्वाचनपश्चात् हुने मतगणना कार्य कलैयास्थित जिल्ला समन्वय समिति बाराको कार्यालयमा हुने भएको छ। मतगणना स्थललाई पूर्ण रूपमा सुरक्षित र विवादरहित बनाउन गणनास्थल वरिपरि कडा सुरक्षा घेराबन्दी गरिएको छ।

गणना गरिने क्षेत्रमा तारजाली जडान गरिएको छ भने प्रत्येक गतिविधिको सूक्ष्म निगरानीका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ। मतपत्रको सुरक्षा, पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न सुरक्षा निकायको उच्च सतर्कता कायम गरिएको छ।

बाराका अन्य निर्वाचन क्षेत्रमासमेत मतगणना स्थलमा सुरक्षा सतर्कता बढाइएको छ ।

Leave a review

This will close in 0 seconds