पाँच पटक भन्दाबढी ट्राफिक नियम उल्लंघन गर्नेको लाइसेन्स निलम्बन प्रक्रिया सुरु

साझेदारी डेलि
220 पाठक संख्या

पथलैया । पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बनको प्रकृया सुरु भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन ८ जनाको सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि सिफारीस गरेको हो ।

कार्यालयले विहीबार यातायात व्यवस्था कार्यालय वीरगञ्ज पर्सामा पत्र पठाएर पाँच पटक भन्दा बढि ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाईसेन्स ६ महिनासम्म निलम्बन जानकारी गराईएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एवम् प्रहरी उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जनाएका छन ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार यस्तो कदम चालिएको हो। ऐनको दफा ६० बमोजिम पाँच पटकभन्दा बढी नियम उल्लंघन प्रमाणित भएमा चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था रहेको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वकिल बहादुर सिंहले पटक–पटक नियम मिच्ने चालकलाई नियन्त्रणमा ल्याउन र सडक अनुशासन कायम गर्न यस्तो कारबाही अघि बढाइएको जानकारी दिए।

यससँगै अब मधेश प्रदेशका सबै ट्राफिक कार्यालयहरूले पनि पाँच पटकभन्दा बढी ट्राफिक कसुर दोहो¥याउने चालकको लाइसेन्स निलम्बनका लागि सिफारिस गर्ने जनाइएको छ।

Leave a review