बभनी युथ स्टार क्लबलाई नन्दु चौधरीको ३७ हजार भन्दा बढीको बत्ती सहयोग

साझेदारी डेलि
64 पाठक संख्या

कोल्हवी । धिरेन्द्र पनुहर / बाराको कोल्हबी नगरपालिका–१ बभनीस्थित बभनी युथ स्टार क्लबलाई छठ पर्वको अवसरमा युवा समाजसेवी तथा प्रेम इलेक्ट्रिकलका सञ्चालक नन्दु चौधरीले ३७ हजार ७२० रुपैयाँ बराबरको बल्ब तथा झालर बत्ती सहयोग गरेका छन् ।

छठ पर्वका अवसरमा गाउँ तथा टोललाई उज्यालो, आकर्षक र झिलिमिली बनाउँदै पर्वलाई हर्षोल्लासपूर्ण वातावरणमा मनाउने उद्देश्यले चौधरीले उक्त बत्ती सहयोग गरेका हुन् ।

चौधरीका अनुसार उनले विगत पाँच वर्षदेखि आफ्नै निजी खर्चमा छठ पर्वको अवसर पारेर बभनी गाउँ तथा टोललाई उज्यालो बनाउन निरन्तर सहयोग गर्दै आएका छन् । गाउँको सौन्दर्य बढाउनुका साथै छठ पर्वको रौनक थप्न र स्थानीयबीच आपसी एकता, सद्भाव तथा भाइचाराको भावना बलियो बनाउन सहयोग पुग्ने विश्वासका साथ आफूले बत्ती सहयोग गरेको उनले जानकारी दिए ।

शनिबार आयोजित एक कार्यक्रमका बीच चौधरीले बल्ब तथा झालर बत्ती बभनी युथ स्टार क्लबका उपाध्यक्ष लभु सुन्दर पनुहरलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा क्लबका पदाधिकारी तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।

छठ पर्वलाई व्यवस्थित, आकर्षक र उल्लासमय बनाउन महत्वपूर्ण सहयोग गरेको भन्दै बभनी युथ स्टार क्लबले समाजसेवी चौधरीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ। क्लबले उनको सहयोगले गाउँ–टोललाई उज्यालो बनाउन तथा पर्वको रौनक बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

व्यक्तिगत खर्चमा लगातार पाँच वर्षदेखि गाउँको हितका लागि सहयोग गर्दै आउनुभएका चौधरीको यस पहलले सामाजिक उत्तरदायित्व र सामुदायिक विकासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।

Leave a review