बजार क्षेत्रको सर्भिस लेन कब्जा गरेर राखिएका फुटपात खाली गराउन माग गर्दै जीतपुरका सटर व्यावसायीहरु आन्दोलित

रञ्जन यादव
374 पाठक संख्या

जीतपुर : बाराको जीतपुर बजारका स्थानीय व्यापारीहरुले पथलैया–वीरगन्ज सडकखण्डको मुख्य सडकमा आईतवार डेट घण्टा सडक अवरुद्ध गरेका छन ।पथलैया–वीरगन्ज व्यापारिक मार्ग अन्तरगत जीतपुर बजार क्षेत्रमा सर्भिस लेन कब्जा गरेर राखिएको पसलका कारण जीतपुर बजार क्षेत्र अव्यवस्थित र अस्तव्यस्त बन्दै आएको भन्दै व्यावसायीहरु आन्दोलित बनेका हुन ।

उनीहरुले बजार क्षेत्रको सर्भिस लेन खाली गराउन माग राख्दै आइतबार करिब डेढ घण्टा सडक अवरुद्ध पारेका थिए । सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भई यात्रुहरू सास्ती खेप्न बाध्य भएका थिए। सयरी आन्दोलित हुनेहरुमा जीतपुका सटरमा व्यवसाय गर्दै आएका व्यवसायी हुन । फुटपाथ मिचेर भइरहेको व्यापारका कारण आफ्ना सटरको व्यवसाय प्रभावित भएको, आवागमनमा समस्या आएको र दुर्घटनाको जोखिम बढेको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

उनीहरुले यसअघि सर्भिस लेन खाली गराउन माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयलाई ज्ञापनपत्र बुझाएका थिए । आफुहरुले गराएको ध्यानाकर्षणलाई उपमहानगरपालिकाले वेवास्था गरेको भन्दै जनप्रतिनिधि विरुद्ध आक्रोशित हुदै व्यावसायीहरु आन्दोलनमा उत्रिएको बताएका छन । उपमहानगरपालिकाका प्रमुखलाई दिएको ज्ञापनपत्रको समयसिमा समाप्त भईसकेकाले पहिलो चरणका आन्दोलन स्वारुप डेट घण्टा सडक अवरुद्ध गरिएको आन्दोलनमा सहभागि व्यावसायी रिना बजगाईले बताईन ।

भोलीसम्म हाम्रो माग सम्बोधन नभए वा बजार क्षेत्रको सर्भिस लेन कब्जा गरेर राखिएको फुडपात पसलहरु खाली नभए थप आन्दोननर चक्काजाम गर्ने व्यावसायी बजगाईले बताईन। ईलाका प्रहरी कार्यालय जीतपुरको सहजिकरणमा उनीहरुले आईतबारको आन्दोलन स्थानगन गरेका हुन ।

यसै सन्र्दभमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले एक विज्ञप्ती निकालेर उक्त विषय प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन । उनले उक्त सडक आफ्नो क्षेत्राधिकार भन्दा बाहिर रहेको भन्नेखालको आसय सहितको सो विज्ञप्तीमा उल्लेख गरेका छन । त्रिभुवन राजपथ (वीरगंज–पथलैया ६ लेन सडक खण्ड) जीतपुरसिमरा उपमहानगरपालिकाको स्वामित्व वा प्रत्यक्ष प्रशासनिक अधिकार क्षेत्रभित्र पर्ने सडक नभएको कुरा कानूनी रूपमा स्पष्ट छ, विज्ञप्तीमा उल्लेख छ ।

राष्ट्रिय राजमार्गको अधिकारक्षेत्र संघीय सरकार अन्तर्गत पर्दछ। साथै, सार्वजनिक सडक ऐन, २०३१ अनुसार राष्ट्रिय राजमार्गको निर्माण, संचालन र सोको दाँयावाँया २५÷२५ मिटर अधिकार क्षेत्र(सर्भिस लेन) व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी संघीय सरकार मातहतको सडक विभागमा निहित रहेको उल्लेख छ।

मेयर पौडेलेले विज्ञप्ती मार्फत तथापि, नगर क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्ग खण्डमा हुने सार्वजनिक आवागमन, ट्राफिक व्यवस्थापन, बजार अनुशासन तथा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार रहने विषयहरूमा स्थानीय सरकारको जिम्मेवारी र चासो रहने भएकाले जीतपुरसिमरा उपमहानगरपालिकाले विगतका विभिन्न समयमा ट्राफिक प्रहरी, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित संघीय निकायसँग समन्वय गरी सडक अतिक्रमण हटाउन, अव्यवस्थित व्यापार व्यवस्थापन गर्न, ट्राफिक सहजता कायम गर्न र सडक दुर्घटना न्युनीकरण गर्न निरन्तर प्रयास गर्दै जनाएका छन

नगरप्रमुख पौडेलले सार्वजनिक सडक र स्थानको अतिक्रमण हटाउन, ट्राफिक व्यवस्थापन गर्न तथा सडक सुरक्षाको पालना गराई सहज रुपमा सडक यातायात संचालन गराउन उपमहानगरपालिका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरी दीर्घकालिन समाधानका लागि पहल गर्ने व्यहोरा विज्ञप्ती मार्फत जानकारी गराएका छन ।

Leave a review

This will close in 0 seconds