पत्रकार महासंघ बाराको आगामी निर्वाचनमा तिवारीलाई उम्मेदवार बनाउन युनियनको निर्णय

साझेदारी दैनिक
725 पाठक संख्या

नेपाल पत्रकार महासंघ बाराको आगामी निर्वाचनमा बाराका क्रियाशिल पत्रकार रेशम तिवारीको अध्यक्ष पदका लागि उम्मेदवारी हुने भएको छ।

नेपाल प्रेस युनियन बाराको सोमवार वसेको वैठकले सक्रिय पत्रकार तिवारीलाई युनियनको तर्फबाट आधिकारीक उम्मेदवार बनाउने निर्णय गरेको छ ।

लामो समयदेखी राष्ट्रिय मिडियामा काम गरेको र पत्रकार महासंघको केन्द्रिय पार्षत समेत रहेका तिवारीलाई नेपाल प्रेस युनियनका तर्फबाट उम्मेदवार बनाउने सर्वसहमतिबाट निर्ण भएको युनियन बाराका अध्यक्ष श्यामबावु प्रसाद यादवले सोमवार एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन ।

पत्रकार तिवारी लामो समयदेखी नेपाल टेलिभिजनको बारा सम्वाददाताको रुपमा काम गर्दै आएका छन । उनी हाल नेपाल पत्रकार महासंघको केन्द्रिय पार्षद समेत रहेका छन ।

Leave a review

This will close in 0 seconds