बारामा सशस्त्र प्रहरीद्वारा ९ लाख रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

साझेदारी डेलि
101 पाठक संख्या

बारा । सशस्त्र प्रहरीले बाराको सीमा क्षेत्रमा भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेका ९ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण मुख्यालय बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीका अनुसार सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको गस्ती टोलीले कलैया उपमहानगरपालिका–२० बसतपुरस्थित सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रेडिमेड कपडा तथा मोटरसाइकलका पार्टपुर्जा बरामद गरेको हो ।

बरामद गरिएका सामानको अन्दाजी मूल्य ९ लाख १ हजार ५५० रुपैयाँ रहेको सूचना अधिकारी अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध चोरी–तस्करी नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले नियमित गस्ती, निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको सूचना अधिकारी अधिकारीले जानकारी दिए ।

Leave a review