Sajhedari Daily
Latest News from Nepal

जीतपुरसिमराको तेस्रो पटक बसेको बैठक पनि निष्कर्षबिहिन,आन्तरिक बिवादका कारण समयमा नगरसभा हुनसकेन

Top Aside Banner

रञ्जन यादब /

जीतपुरसिमरा उपमहानगरपालिकाले बुधबार तेस्रो पट्क बसेको कार्यपालिका बैठक पनि विना निष्कर्ष विहिन सम्पन्न भएको छ । उपमहानगरपालिकाको वैठकमा आन्तरिक बिवादका कारण निर्धारित समयमा नगर सभा गर्न सकेको छैन् । लगातार दुईपट्क सम्म बसेको कार्यपालिका बैठकले पनि बिवाद समाधान गरेर निर्धारित समय असार १० गतेसम्म नगरसभा गर्न नकिएको छैन ।

वैठकले बिवाद समाधान गर्न नसकेन् पछि वैठक स्थागित भएको हो । वडालाई पाउँने बजेट र मनोनित ८ वटा कार्यपालिका सदस्यहरु पनि वडा अध्यक्ष सरह हैसियत खोजेपछि बिवाद समाधान हुन नसकेको एक वडा अध्यक्षतले बताएका छन । मनोनित आँठ जना कार्यपालिका सदस्यहरु आफुहरु पनि बजेट चलाउन पाउँने अधिकार माँग गरेका थिए ।

उनीहरुले वडाको बजेटमा वडा अध्यक्षहरुको हालीमुहाली रहेकाले बिकास निर्माणका कामहरुमा आफुहरुको अस्तित्व नै नदेखिएको गुनासो गरेका थिए । एक कार्यपालिका सदस्यले नगर प्रमुख डा.कृष्ण पौडेलले नगर सभापछि कुन वडालाई कति बजेट बिभाजन गर्ने कुरा तय हुने अडान लिएपछि कुरा मिल्न नसकेको बताएका छन ।

नगर प्रमुख पौडेलले २४ करोड २४ वटै वडामा बाँड्ने र पाँच करोड नगरमा राख्ने प्रस्ताव ल्याएपछि कार्यपालिका सद्स्यहरु त्यसको बिरोध गरेका थिए । उनीहरुले ७० प्रतिशत सम्म वडा बजेट खर्र्च गरेका वडाहरुलाई कम बजेट दिने र ३० प्रतिशत भन्दा पनि कम खर्च गर्ने नगरलाई बढी बजेट दिने कुरा कुनै हालतमा स्वीकार्य नहुने बताएका थिए ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख डा.पौडेलले गृहकार्य नपुगेर नगर सभा गर्न नसकिरहेको भन्दै पन्छिन खोजेका छन । कार्यपालिकामा भएको ३४ जना जम्मा सङख्यामध्ये नेकपाको मात्र २७ जना, काग्रेसको पाँच जना र जनता समाजवादी पाटीका २ जना रहेका छन् ।