प्रेस युनियनको स्थापना दिवसमा कलैयामा भयो दीप प्रज्वलन

राजेश कुशवाहा
404 पाठक संख्या

कलैया : नेपाल प्रेस युनियनको ३४ औ स्थापना दिवसको अवसरमा प्रेस युनियन बाराले कलैयामा मंगलबार सांझ दिप प्रज्वलन गरेको छ ।

युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा कलैया स्थित भरत चोकमा दीप प्रज्वलन गरिएको हो।

उक्त अवसरमा बोल्दै अध्यक्ष यादवले पत्रकारहरूको भौतिक र पेशागत सुरक्षासँगै सम्मानजनक पहिचानको आवश्यकता रहेको जनाए। उनले लोकतन्त्रवादी पत्रकार संगठनको रूपमा नेपाल प्रेस युनियनले लामो समयदेखि श्रमजीवी पत्रकारहरूको हकहितका लागि निरन्तर संघर्ष गर्दै आएको बताए।

देशमा बढ्दो दण्डहीनता र पत्रकारमाथिको हमलालाई गम्भीर रूपमा लिएर त्यसविरुद्ध एकबद्धता आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले पत्रकारिताको चुनौतीपूर्ण अवस्थालाई उजागर गर्दै पत्रकार सुरक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने माग गरे।

पछिल्लो समय देशभर पत्रकारमाथि भइरहेको दमन,डर त्रास र हत्याको घटनाको घोर भत्र्सना गर्दै उनीहरूले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएकाले त्यसको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिए।

नेपाल प्रेस युनियनले स्थापना दिवसलाई सम्झनायोग्य बनाउँदै दीप प्रज्वलनको माध्यमबाट पत्रकारितामा देखिएका जोखिम र चुनौतीप्रति आम जनताको ध्यानाकर्षण गराउने प्रयास गरेको हो।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि,सामाजिक अभियन्ता र नागरिक समाजका व्यक्तिहरूको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा लोकतन्त्र,अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रेस युनियन निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरिएको थियो।

उक्त अवसरमा कलैया टुडे साप्ताहिकका प्रकाशक निवेश तिमिल्सिना,युनियन बाराका उपाध्यक्ष अनिल साह,कोषाध्यक्ष अरुण साह,कार्य समिति सदस्य प्रभु यादव,पवन सिंह,सन्दिप यादव,राहुल गुप्ता लगायतको सहभागिता रहेको थियो।

उक्त्त कार्यक्रममा सञ्चालन युनियन बाराका सचिव राजेश कुशवाहाको रहेको थियो । नेपाल प्रेस युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको हो।

Leave a review

This will close in 0 seconds