सत्ता गठबन्धनका तर्फबाट नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) नेता एवं पूर्व श्रम तथा रोजगार मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले बाराको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
श्रेष्ठसँगै नेपाल कम्युनिष्ट पार्टी ४ (क) बाट अनिल श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनलले ४(ख)बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ता गरेलगतै पूर्वमन्त्री श्रेष्ठले लोकतान्त्रिक परिपाटी र लोकतान्त्रिकविधिको पालनाको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।
आज जीतपुरसिमरा स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पूर्वमन्त्री श्रेष्ठले पाँचदलीय गठनबन्धनका तर्फबाट साझा उम्मेदवारी दर्ता गर्नुभएको हो ।


