Sajhedari Daily
Latest News from Nepal

झापाका डाक्टरलाई कुटनेहरुलाई कार्यवाहि गर्न भन्दै कलैयामा प्रर्दशन

Top Aside Banner

सिकेन्द्र पासवान /
झापा जिल्लाको बिर्तामोडमा रहेको मेडिकल अस्पतालमा कार्यरतm डाक्टर शुभाकर झालाई कुटपिट गर्ने दोषीहरुलाई कार्यवाहिको माँग गर्दे कलैयामा डाक्टर पढदै गरेका बिधार्थीहरुले प्रर्दशन गरेका छन् ।

सोसाईटी अफ मेडिकल स्टुडेन्ट नेपालको अगुवाईमा कलैयाको मुख्य भरतचोकमा प्रर्दशन गरिएको हो । संस्थाका अध्यक्ष कृष्ण कुमार गूप्ताको अगुवाईमा प्रर्दशन गरिएको थियो ।

प्रर्दशन पछि आयोजित कोण सभालाई कलैया अस्पतालका डाक्टरहरु रबि गुप्ता, प्रेम चौरसिया, ललन महतो लगायतकाले दोषीलाई उन्मुतिm दिने काम भईरहेको हुदा कडा भन्दा कडा कार्यवाही गर्न माँग समेत गरेका थिए ।

आफनो ज्यानलाई लकडाउनको अवस्थामा पनि हथेलीमा राखी नागरिकको सेवामा जुटी ज्यान बचाउने डाक्टरलाई बदनियत पुर्ण कुटपिट गर्नु बिधीको शासनलाई धजी उडाउनु हो अध्यक्ष गुप्ताले भने । डाक्टरलाई कुटपिट गर्नेहरु कुनैपनि वहनामा उम्कनु हुदैन भन्दै सम्वेदनशिल हुन सरकारलाई आग्रह गरे ।

कार्यक्रममा कलैया अस्पतालका डाक्टरहरु राहुल कर्ण, हरिओम केशरी, ओमप्रकाश कुसवाहा लगायतको सहभागिता रहेको सोसाईटी अफ मेडिकल स्टुडेन्ट नेपालका महासचिव निराजन यादवले बताए । उनीहरुले सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, मनपरी तन्त्र बन्द गर्नुपर्ने, डाक्टर कुटनेलाई कडा कार्यवाहि गर्ने लगायतका प्लेकार्ड सहित र्याली समेत गरेका थिए ।