खेलकुद राष्ट्रकै पहिचान भएकाले राज्यले विशेष ध्यान दिनुपर्छः श्रेष्ठ

साझेदारी दैनिक
476 पाठक संख्या

बाराको सिमरामा विहीवारदेखी जगदम्बा १३औ जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एवम् पुर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ –किशान)ले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य श्रेष्ठले खेलकुद पनि विकासको एक अंग भएकोले यसलाई पनि संगसंगै लिएर जान आवश्यक रहेको बताएका छन । खेलकुदले व्यक्तिगत विकासका साथै राष्ट्रकै पहिचान हुने हुदा राज्यले खेलकुदलाई विशेष ध्यान दिनुपर्ने बताए ।

उनले सिमरालाई खेलकुदको हब बनाउने र सिमरा रंगशालाको विकास गर्न आफु सधै प्रतिवद्ध रहेको बताएका थिए । गोल्डकपले जीतपुरमिरा कै गौरब भएकाले यस क्षेत्रको पहिचानमा ठुलो भुमिका खेलेको सांसद श्रेष्ठले जनाए ।

उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा, बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य देव नारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, जगदम्बा स्टिल प्रा.लिका कर्पोरेट भिसी पिआर कृष्ण दत्त भट्ट, संविधानसभा सदस्य शोभाकर पराजुली, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगायतकाले मन्तव्य राखेका थिए ।

सिमरा रंगशालामा शुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममाजीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारी, सहायक रथी श्री नं २८ का सानुकाजी थापा, कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी,मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संतोष भट्राई, समाजसेवी काशिम मिया, जीतपुरसिमरा उपमहानगरपालिकाका वडाअध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता नव जनजागृती युवा क्लब सिमराको आयोजनामा, मुख्य प्रायोजक जगदम्बा स्टील, जीतपुरसिमरा उपमहानगरपालिकाको सह आयोजना रहेको थियो ।

आयोजक नव जनजागृती युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेस संयोजक सुनिल गाउलेले गरेका थिए भने कार्यक्रममा क्लबका महासचिव शम्भुसिंह ठकुरीले स्वागत मन्तब्य व्यक्त गरेका हुन ।

प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ । चैत्र १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद १० लाख रुपैया र उप बिजेताले नगद ५ लाख रुपैया पाउनेछन् ।

Leave a review