कलैया । शिक्षा,स्वास्थ्य,पूर्वाधार,सरसफाइ तथा खानेपानी र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा जोड दिदै बाराको सुवर्ण गाउँपालिकाले बुधबार आर्थिक वर्ष २०८२/०८३ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका का अध्यक्ष राजेश प्रसाद यादवले गाउँपालिकाको १५ औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४३ करोड ८ लाख ९५ हजार ६ सय ९७ रुपैयाँ ७२ पैसाको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।

संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान १० करोड,संघीय सरकार राजस्व बाडफाड तर्फ ९ करोड २५ लाख ५४ हजार १ सय ५१,संघीय सरकार सशर्त अनुदान १८ करोड ६४ लाख,आन्तरिक आय तर्फ १ करोड ५१ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।
प्रदेश सरकारबाट समानिकरण वित्तीय समानिकरण तर्फ ६८ करोड ७७ हजार,प्रदेश सरकार विषेश अनुदान तर्फ २५ लाख,समपुरक अनुदान २५ लाख,राजस्व बाडफाड ५१ लाख २६ हजार ३ सय,सशर्त अनुदान ८० लाख,गत अल्या रकम १ करोड १३ लाख ३८ हजार २ सय ४६ रुपैयाँ ७२ पैसा र प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमबाट प्राप्त हुने अनुमानित रकम ५ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त हुने छ ।

गाउँपालिकाको सिमांकन र नामाकरणमा अहम भूमिका निर्वाह गर्नु भएका संविधानसभा सदस्य स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक निर्माण गरिने भएको छ।
गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुनम कुमारी,वडा अध्यक्ष,गाउँ कार्यपालिका सदस्य,कर्मचारी तथा सञ्चारकर्मी, सुरक्षाकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।
सो कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रसासकिय अधिकृत श्याम चौधरीको रहेको थियो भने संचालन पोषण सहजकर्ता अखिलेश कुमार यादवले गर्नु भएको थियो ।


