चीनको विस्तारवादी नीतिलाई नरोकिसम्म नेपालको विकास सम्भव नहुने ः वक्ताहरु

साझेदारी दैनिक
1.3k पाठक संख्या

सन्दिप यादव /

चिनियाँ नागरिक नेपालमा अवैध गति गरेको देशको सुरक्षा नै खतरामा परेको बाराको कलैयामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

बाराको सदरमुकाम कलैया स्थित बरेवा दरबार होटलको हलमा शनिबार एक कार्यक्रम राष्ट्रिय एकता अभियान आयोजना गरि नेपालप्रति चिनियाँ अभ्यास र असर विषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । उक्त गोष्ठीमा सहभागि बत्तहरुले चीनको विस्तारवादी नीतिलाई नरोकिसम्म नेपालको विकास सम्भव नहुने तर्क गरेका छन ।

कार्यक्रममा बोल्दै संविधान सभा सदस्य विपी यादवले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताएका छन् । चिनियाँ नागरिक नेपालमा अवैध गति गरेको देशको सुरक्षा नै खतरामा परेको उनले बताए ।

नेपाल भारत मैत्री संघका सदस्य मुनिन्द्रलाल दास आफ्नो मन्तव्य राख्दै भने चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गरेका छन् ।

त्यस्तै गोष्ठीमा सहभागी आतिस यादवले आफ्नो मन्तव्य राख्दै भने परम्परामा पनि चिनले कब्जा गर्दै छ, लक्ष्मी पुजाको दिन हामी पहिला माटोको बति बाल्ने गर्थ्यौ तर अहिले चीनले बनाएको आधुनिक बिजुली लाइट बत्ती बाल्ने गरेका छौँ ।

त्यसैगरी वरिष्ठ अधिवक्ता अजय सर्राफले चीनको विस्तारवादी नीतिविरुद्ध सबै जना एक जुट हुनुपर्नेमा जोड दिए। उनले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको आरोप लगाए । चीनको विस्तारवादी नीतिलाई रोक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणको जालमा फस्न दिनु हुँदैन उनले भने ।

कार्यक्रमको प्रमुख अतिथि विनय यादवले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेको आरोप लगाएका छन् । चीनले नेपाललाई श्रीलंका बनाउनु खोजिरहेको छ, चीनले पोखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेको छ।

राष्ट्रिय एकता अभियान बाराका अध्यक्ष गोपाल दासको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष विनय यादव, गोपाल सेवा समिति बाराका अध्यक्ष जंग बहादुर यादव , पुर्व सविधान सभा सदस्य वी .पि यादव ,अधिवक्ता अजय सर्राफ , नेपाल भारत मैत्री संघका सदस्य मुनिन्द लाल दास, रामबाबु साह, किशोरी साह, विरेन्द्र कुशवाहा,वृजकिशोर साह, नवल किशोर पटेल , आतिस यादव लगायतकाले सम्बोधन गरेका थिए ।

करिब ६० जनाको सहभागी रहेको उक्त गोष्ठीको सन्चालन राष्ट्रिय विधार्थी परिषदका विवेक कुशवाहाले गरेका थिए ।

Leave a review