Sajhedari Daily
Latest News from Nepal

नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउनु पहिलो कर्तब्य ः प्रजिअ नेपाल

Top Aside Banner

बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउनु पहिलो कर्तब्य रहेको बताएका छन् ।

पत्रकारहरुसंगको भेटघाटमा प्रजिअ नेपालले जिल्लामा शान्ति सुरक्षाको ग्यारेन्टी गर्दै भयरहित रुपमा जीवन यापन गर्नमा ढुक्क हुन नागरिकलाई आग्रह समेत गर्दे अपराध नियन्त्रणमा कसैसंग सम्झौता नहुने बताए । अपराध नियन्त्रण, चोरी पैठारी ,कालाबजारीलाई नियन्त्रण गर्ने जस्तो सुकै कदम चाल्नु परेपनि पछि नहटने प्रतिवद्धता ब्यतm गरे ।

हत्या हिंसा बलात्कार,जस्ता समाजिक कुरितीलाई हटाउदै सभ्य समाज निर्माण संगै सुशासन पनि कायम गर्नुपर्नेमा जोड दिदै बारा जिल्लालाई बिकासुनमुख जिल्लाको रुपमा अगाडी लानेतिर पनि मेरो पलहकदमी हुने प्रजिअ नेपाले भने ।

नेपाल र भारतको सिमना खुल्ला भएको कारण तस्करी हुने गरेको हुदा तस्करीलाई पनि बन्द गर्ने अभियान तहद काम गर्ने मेरो सोच रहेको प्रजिअ नेपालको भनाई रहेको थियो ।

भष्टाचारलाई शुन्य सहनसिलतामा झार्ने काममा पनि मेरो अग्रसरता हुनेमा सबैलाई ढुक्क हुन आग्रह गदै प्रहरी प्रशासनलाई जिल्लाबासीहरुको सहयोग पनि उतिकै आवश्यक रहेको बताए ।

पत्रकारहरुलाई सत्य, निस्पक्ष रुपमा भय रहित रुपमा निर्धक्क रुपमा कलम चलाउने आग्रह गर्दे सुरक्षा प्रदान गर्नका लागि जति बेलापनि तयार रहेको उनको भनाई रहेको ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव गुरु प्रसाद गौतमले जिल्ला प्रशासनको कामकाज चुस्तदुरुस्त पार्न आग्रह गर्दे ढिलासुस्तीलाई पनि व्यवस्थित बनाउन माग गरे । कार्यक्रममा उलेख्य पत्रकारहरुको सहभागिता रहेको थियो ।