पत्रकार सहनी सिकिस्त बिरामी भएपछि अस्पताल भर्ना ,आर्थिक सहयोगको लागि परिवारजनद्धारा अपिल

साझेदारी दैनिक
435 पाठक संख्या

रञ्जन यादब/
बारा जिल्लाका अग्रज पत्रकार गम्भिरा सहनी सिकिस्त बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । बिहीवार उहाँको स्वास्थ्यमा समस्या भएपछि एसएल न्यूरो अस्पतालमा उनी भर्ना भएको उहाँको छोरा ऋषि सहनीले जानकारी दिनुभयो ।

जितपुरसिमरा उपमहानगरपालिकाको जीतपुर निवासी पत्रकार सहनी अस्पतालको आइसियुमा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ । बुबाको एकातर्फको शरीर नचल्ने भएको, बोल्न पनि नसक्ने, अचेत अवस्थामा रहेको छोरा ऋषिले बताउँनुभयो ।

घरको आर्थिक अवस्था पनि कमजोर भएकोले बुबाको उपचारमा थुप्रै रकम खर्च भइसकेको र फेरि हुने भएकोले सहयोग गरिदिन उनका छोरा ऋषिले आग्रह गरेका छन् । जानकारी तथा सहयोगको लागि ९८४५०३८६८१ मा सम्पर्क गरिदिन ऋषिले आग्रह गरेका छन् ।

पत्नीको मृत्युपछि अस्वस्थ्य हुँदै आएका गम्भीरा सहनी हालै नेपाल सरकारबाट राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९ बाट पुरस्कृत भएका थिए ।

Leave a review