सिकेन्द्र पासवान/
जिल्लामा सुरक्षाकोे व्यवस्था फितलोका कारण बारा जिल्लाको बिभिन्न ठाँउबाट मोटरसाईकल चोरीको घटना निकै नै बढन थालेको छ ।
जिल्लाको १६ वटै पालिकाहरुमा सरदर एक देखि ३ वटा मोटरसाईकल साईकल दिनहु जसो चोरीका घटनाहरु भईरहेको छन । यसरी दैनिक रुपमा चोरीका घटना भईरहदा अहिलेसम्म मोटरसाईकल चोरी गर्ने संजाललाई पक्राँउ गरि कारवाही गर्न नसक्नु प्रहरीको कमजोरी रहेको नागरिक अगुवाहरुको भनाई रहेको छ ।
नागरिकको जीवधनको रक्षा गर्न जिम्मा लिएका प्रहरी प्रशासनले सुरक्षा प्रदान गर्न नसक्नु उनीहरुको चरम कमजोरी रहेको स्थानीयहरुको भनाई छ । जिल्लाको मुटु मानिने सदरमुकाम समेत रहेको कलैयाको भरतचोक, जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी शाखा, कलैया उपमहानगरपालिका, जिल्ला अस्पताल, बजार क्षेत्र, र जिल्ला प्रहरी कार्यालयको पार्किङ स्थलबाट समेत मोटरसाईकल चोरी भईरहेका छन ।
यसरी प्रहरी प्रशासनकै अगाडीबाट चोरी हुनु दुर्भाग पुणर् बिषय रहेको बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास बताउछन । जिल्लाका बिभिन्न ठाँउहरुबाट सेवा लिन सदरमुकाम कलैयामा आएका सोझा साझा नागरिकहरुको मोटरसाईकल चोरी हुदा कतिको पिडा खेप्नु परेको होला नागरिक समाजका अध्यक्ष दासको प्रश्न रहेको छ ।
बिगत एक बर्षमा झन्डै ६ जना भन्दा बढी पत्रकारहरुको जिल्लाको बिभिन्न ठाँउबाट मोटरसाईकल चोरी भएपनि अहिले सम्म फेला परेको छैन । प्रहरीको बाक्लो उपस्थिती, र पुणर् कडाई भयो भने मोटरसाईकल , साईकल चोरी त परै जायोस सदरमुकाम कलैयामा लगायत अन्य ठाँउमा चोरी गर्न आउने साहस कसैले नै गर्न नसक्ने अधिवतmा एकरामुलहकको भनाई छ ।
चोरी हुदै जानु, चोरीको मोटरसाईकल फेला गर्नु कामले मात्र चोरहरुको संजाल भत्कीदैन जरैबाट तिनीहरुको संजाललाई कडाका साथ अपे्रसन गरि संजाल नै नभत्काएसम्म र पक्राँउ परेका चोरहरुलाई कडा कारवाही नगरेसम्म चोरीको घटना नरोकिने कलैयाका बरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ बताउछन ।
यो आर्थिक बर्षमा मोटरसाईकल चोरीको घटना १ सय ४८ भएको भएपनि दर्ता भने २३ वटा भएको प्रहरीको तथ्याकमा रहेको छ । ३९ जना चोरलाई भने प्रहरीले पक्राँउ गरेको कुराले पनि प्रहरी कति सम्वेदनशिल रहेको छ भने कुराको प्रष्ट हुन्छ ।
नागरिकको करबाट तलव भता खाने प्रहरी, प्रशासन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने दायित्व र कर्तब्य निर्वाह गर्नुपर्नेमा चुकी रहेको मानव अधिकारकर्मीहरुको भनाई रहेको छ । यता प्रहरीले भने जनताको जीवधनको रक्षा गर्नमा सधै तत्पर रहेको र चोरीका घटाना रोक्न कुनै कसर बाकी नराखेको भनई छ ।
प्रहरी एक्लैको प्रयासबाट मात्र नहुने र नागरिक समाज, पत्रकार, आमनागरिक, राजनीतिक दल लगायत सवैको सहयोग आवश्यक रहेको बारा प्रहरीको भनाई छ ।


