रगतको चरम अभावलाई मध्यनजर गरी कलैया सिटी जेसीजले कलैयामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
जेसीज सप्ताह अन्तर्गतको पहिलो रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
बाराको सदरमुकाम कलैया स्थित भरत चौकमा आइतबार एक कार्यक्रम आयोजना गरि कलैया सिटी जेसीजले प्रादेशिक अस्पताल कलैयामा रगतको चरम अभाव भएकोले जेसीज सप्ताह अन्तर्गतको पहिलो रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
कलैया सिटी जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५५ जनाले रगतदान गरेको प्रादेशिक अस्पताल कलैया ब्लड बैंकका इन्चार्ज राजाबाबु गुप्ताले बताए ।
कलैया सिटी जेसीजको आयोजनामा भएको रक्तदान कार्यक्रमको मुख्य प्रायोजक प्रभु बैंक लि.कलैया शाखा रहेको थियोे ।
कलैया सिटी जेसीज वर्ष २०२३ का अध्यक्ष सुभाष जैसवालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन प्रभु बैंक मधेस प्रदेशका प्रमुख भुशन प्रसाद गुप्ताले गरेका थिए ।
रक्तदान कार्यक्रमका संयोजकमा कलैया सिटि जेसीजका सदस्य अकाश गुप्ता र मुल कार्यक्रम संयोजकमा पवन कुशवाहा रहेका थिए ।
कार्यक्रममा गोपाल सेवा समितिका अध्यक्ष जंग बहादुर यादव,प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौलागाईं,प्रभु बैंक कलैया शाखाका प्रबन्धक मुकेश प्रसाद गुप्ता,कलैया उपमहानगरपालिका स्वास्थ्य शाखाका सह संयोजक अनिल पाण्डे,वर्ष २०१६ का अध्यक्ष रामबाबु कुशवाहा,वर्ष २०२० का अध्यक्ष विपिन चौधरी,२०२३ का कानुनी सल्लाहकार जेसी पवन कुशवाहा,प्रभु बैंक कलैया शाखाका कर्मचारीहरु,कलैया उपमहानगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष राजेश कुमार महतो,अजय साह र पुर्व अध्यक्षहरु,वोर्डका पदाधिकारी तथा सदस्यहरू लगायतको उपस्थिति रहेको कलैया सिटी जेसीज वर्ष २०२१ का पुर्व अध्यक्ष शम्भु गुप्ताले बताएका छन् ।
कार्यक्रममा स्वागत मन्तव्यमा धनिलाल सरार्फले गरेका थिए भने कार्यक्रम संचालन कलैया सिटी जेसीज वर्ष २०२३ का महासचिव आदिल अंसारीले गरेका थिए ।


