असोज १ गतेबाट सिमरा सर्बाधिक पुरस्कारको अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुदै

रञ्जन यादव
384 पाठक संख्या

जीतपुर,१६ भदौ । नेपालकै सर्बाधिक पुरस्कार राशिको चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता बाराको सिमरामा असोज १ गते देखि हुने भएको छ ।

प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार नगद प्राप्त गर्नेछन् । विजेताले प्राप्त गर्ने उक्त प्रथम नगद पुरस्कार देशभरीमै आयोजना हुने भेट्रान फूटबल प्रतियोगितामध्येकै सर्वाधिक रहेको आयोजकको जनाएको छ । आयोजकले गत वर्षको पुरस्कार राशिमा एक लाख थप गर्दै तीन लाख पुर्याएको हो।

असोज ५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिता वारे सिमरास्थित होटल सिमरा प्याराडाइजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै अध्यक्ष राउतले बताएका छन । प्रतियोगितामा नेपाल र भारतका गरी १२ टिमको सहभागिता रहने राउतले जानकारी दिए ।

अघिल्लो वर्ष विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गरेको थियो। आयोजक क्लबका अध्यक्ष राजकपुर राउतले देशभरीकै सर्वाधिक राशिको नगद पुरस्कार सहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

Leave a review

This will close in 0 seconds