साना किसान कृषि सहकारी संस्था लिमिटेडको एघारौं बार्षिक तथा साधारण सभा सम्पन्न

साझेदारी दैनिक
579 पाठक संख्या

धिरेन्द्र पुनहर/

साना किसान कृषि सहकारी संस्था लिमिटेडको एघारौं बार्षिक तथा साधारण सभा सम्पन्न भएको छ ।

बाराको कोल्हवी ४ सपहिमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको एघारौं बार्षिक तथा साधारण सभा शुक्रवार एक कार्यक्रम बिच सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष अस्तुर्नि देवि चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका भौतिक तथा पुर्वाधार बिकास मन्त्री कृष्ण प्रसाद यादव रहनु भएका थिए ।

उक्त कार्यक्रममा सस्थाका अध्यक्षले बार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो। आर्थिक बर्ष ०७९/०८० मा यस सस्थाले बयालिस करोड उनाइस लाख चार हजार सैतालिस रुपैया तिन पैसाको कारोबार गरेको र एक करोड तेरह लाख चार हजार बाउन्न रुपैयाँ दुइ पैसा मुनाफा गरेको लेखा समितिका संयोजक शान्ता सुबेदीले जानकारी गराउनु भएको थियो।

कार्यक्रममा उत्कृष्ट कर्मचारी कोल्हवी सेवा केन्द्रका पुष्पराज बच्छारलाइ सम्मानित गरेका थिए ।

उक्त कार्यक्रममा कोल्हवी नगरपालिकाकि उपमेयर लक्ष्मी कुमारी चौधरी,कोल्हवी नगरपालिका-३ का वार्ड अध्यक्ष किशुनदयाल चौधरी,४ का अध्यक्ष,जिल्ला कृषि ज्ञान केन्द्र बाराका अध्यक्ष जितेन्द्र प्रसाद यादव,साना किसान सहकारी संघका जिल्ला अध्यक्ष मिश्रीलाल सहनी,नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष बिरेन्द्र चौधरी,साना किसान बिकास लघुबित बितिय सस्था लि.हेटौंडाका प्रबन्धक कृष्ण कुमारी शर्मा,तामागढि साझेदारी वनका अध्यक्ष रबिन्द्र पनुहर,सपहि कलेजका प्रमुख दिनेश अधिकारी,समाज सेवि बसन्त चौधरी,हरिनारायण चौधरी पुर्व वडा अध्यक्ष भेष बहादुर ढकाल,नारायण देवकोटा,जय मंगल चौधरी,शान्ति बृद्धा फाउन्डेसनका अध्यक्ष प्रेमनारायण चौधरी,ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख भोलामान सिंह अधिकारी,सशस्त्र बेश क्याम्प कोल्हवीका प्रमुख लगायत हजारौं शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य अनिता चौधरीले गर्नु भएको थियो भने कार्यक्रम संचालन सस्थाका प्रबन्धक अरुण चौधरीले गरेका थिए ।

Leave a review

This will close in 0 seconds