पर्सा प्रहरीले भन्सार छली ल्याइएको साढे पाँच लाख भन्दा बढीको सामान बरामद गरेको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ गिरिजा चोक स्थितमा भन्सार छली चोरी पैठारी गरी ल्याएका सामान बरामद गरेको हो ।
सामान ल्याउनेहरु भने अटोमा ल्याउदै गर्दा प्रहरीलाई देखेपछि फरार भएको प्रहरीको भनाई छ ।
बरामद सामानहरुमा काजु,मैदा,चिनी,केराउ,सुर्ती आदी लगायतका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।
बरामद सामानहरुको कुल मुल्य पाँच लाख ८९ हजार ५९० रहेको तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाले जानकारी दिएका छन ।

