Sajhedari Daily
Latest News from Nepal

प्रहरीद्धारा बाराको सिमराबाट १० जना जुुवाडे पक्राऊ,जुवा खालबाट पाँच लाख ८२ हजार भन्दा बढी नगद सहित बरामद

रञ्जन यादब /
बाराको सिमरा स्थित एक होटलमा कौडा खेलिरहेको समयमा १० जना जुुवाडेलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।
जुवा खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले सिमरा स्थित पाराडाईज होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

जीतपुुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २ स्थित पाराडाईज होटलको कम्पाउन्डमा जुुवा खेलिरहेको अवस्थामा १० जना जुुवाडेहरुलाई नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ । उनीहरुको साथबाट प्रहरीले नगद पाँच लाख ८२ हजार ५ सय २० रुपैया, १६ थान कौडा, म्याट र पाउडर बरामद गरेको बारा प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुुभयो ।

पक्राउ परेकाहरुको सबै नाम र ठेगाना जिल्ला प्रहरी कार्यालय बाराले गोप्य राखेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा जुुवा मुुद्धा अन्तर्गत आवश्यक कारर्वाही अगाडि बढाईएको बारा प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबै जीतपुुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिका क्षेत्रभित्रका रहेका छन् ।