कोल्हबी : धीरेन्द्र पनुहर / बाराको कोल्हवी नगरपालिका वडा न. ३ जुअवामा जंगली हात्तीले आतंक मच्चाएको छ।
सेरि टोलमा शनिबार जंगली हात्तीले घरमा क्षति पु-याएको छ। हात्तीले मानवीय क्षति नगरेको समाचार प्राप्त भएको छ। स्थानीय विश्वनाथ रामको बासले बनाइएको घरको बार हात्तीले भत्काइ दिएको हो। भकारीमा राखेको दुई क्यिन्ट्ल धान छरेको थियो।
तेस्तै जटाशन्कर चौधरी र सरुफ चौधरीको घरको छानोमा हात्तीले क्षति पु-याएको छ। कोल्हवी नगरपालिका वडा न.३ का वडा अध्यक्ष किसुन दयाल चौधरी को नेतृत्वमा जे सि बि सहित गाउँ बासीहरुको सहयोगमा करिव १ घन्टा ३० मिनेट को प्रयासमा जंगली हात्तीलाइ जङ्गलतिर धपाइएको थियो।
जंगली हात्तीको त्रासले स्थानीय बासिहरू रात भर सुत्न नपाएर जाग्राम बसेको स्थानीय मंजू रामले बताइन्।

