लागु औषध खैरो हिरोईन सहित ध्रुव राम पक्राउ

साझेदारी दैनिक
230 पाठक संख्या

प्रहरीले मोटरसाईकलमा लुकाएर ल्याएको लागु औषध खैरो हिरोईनसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले खैरो हिरोईन सहित बारा परवानीपुर गाउँपालिका–४ बस्ने ३५ वर्षीय ध्रुव रामलाई पक्राउ गरेको हो ।

वीरगञ्ज–१४ गण्डकस्थित जाँच गर्ने क्रममा रामलाई प्रहरीले पक्राउ गरेको हो ।उनले चलाएर आएको ना.२१ प ४५८६ नम्बरको मोटर साईकलबाट लागु औषध खैरो हिरोइन ६ ग्राम ५०० मिलिग्राम बरामद भएको छ ।

पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमारविक्रम थापा अनुसार पक्राउ परेका रामलाई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भईरहेको छ ।

Leave a review

This will close in 0 seconds