लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

रञ्जन यादव
289 पाठक संख्या

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने नाराका साथ अभियान शुरु भएको हो ।

अभियानको पहिलो दिन शनिबार हिंसा नगर्ने प्रतिबद्धता सहितको हस्ताक्षर संकलन र सेतो रिवल लगाएर कार्यक्रम शुरु गरिएको हो ।

कार्यक्रममा सहभागिले ब्यानरमा हस्ताक्षर गर्दै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानप्रति प्रतिवद्धता जनाएका हुन् ।उनीहरुले हिंसाको व्यवहारिक रुपमै अन्त्य गर्न आवश्यक रहेको जनाएका हुन् ।

हिंसा विरुद्धको १६ दिने अभियानसँगै हिंसाका कारण र समाधान खोज्नु पर्नेमा उनीहरुले जोड दिएका हुन्।

जिल्लाको हरेक स्थानीय तहमा झै बाराको निजगढ नगरपालिकामा पनि महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख सुरथ पुरी,उपप्रमुख सोममाया थिङ्ग,वडा नं. १ का वडा अध्यक्ष मंगल लोप्चन लगायतले घरबाटै हिंसा अन्त्यको शुरु गर्नुपर्ने बताएका थिए ।

नगर प्रमुख पुरीको अध्यक्षतामा भएको कार्यक्रम शाखा प्रमुख रोजी श्रेष्ठको थियो । कार्यपालिका सदस्य मैया कुमारी सुनार अरुणाले स्वागत मन्तब्य ब्यप्त गरेका थिए ।

सो कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईराला,मेचिमहाकाली बुहारी संयुक्त आवाज बाराकी अध्यक्ष चन्द्रिका पुलामी मगर,निजगढ महिला विकास संस्था,दलित महिला केन्द्र नेपाल शान्ति पासवान, महिला विकास केन्द्रको अन्जु नेपाली,निजगढ महिला समुह प्रेमकुमारी पुलामी लगायतले महिला हिंसा न्यूनिकरण गर्न आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिकर्मी,संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयले लैंगिक हिंसा विरुद्धमा कलैया उपमहानगरपालिका वडा नं.१ कलैयामा ¥याली निकालेको छ ।

कार्यालयको प्राङ्गणबाट निस्केको ¥याली बजार क्षेत्र परिक्रमा गरी भरत चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको प्रमुख आतिथ्यतामा सो कोण सभा भएको हो ।

कार्यक्रममा प्रहरी निरीक्षक विमलाकुमारी कठायत,लैङ्गिक हिंसा नियन्त्रण संजाल समितिको सदस्य बबिता जयसवाल,सरस्वती खरेल,मन्जु सुबेदी,किसमती राम,लगायत मानव अधिकारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि,सञ्चारकर्मी,जनप्रतिनिधि, समाजसेवी,बुद्धिजिवी र सुरक्षाकर्मी समेत गरी एक सय ३० जनाको सहभागिता रहेको थियो ।

Leave a review