बारा प्रहरीले १० किलो लागू औषधसहित मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय कवहीबाट खटिएको प्रहरी टोलीले शनिबार बाराको सुवर्ण गाउँपालिका वडा नं. २ कवहीगोठ स्थित नहर चोकमा औरैयाबाट सतगंज बोडर तर्फ आउदै गरेको अन टेस्ट अपाचे मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले शंकालागि जाँच गर्न खोज्दा प्रहरीलाई देखि चालक मोटरसाइकल र झोला फालि फरार भएको प्रहरीले जनाएको छ ।
उक्त झोलामा अबैध लागु औषध गाँजा १० किलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।
लागु औषध गाजा समेत मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्यौपानेले बताए ।

