कोल्हवीमा जंगली हात्तीले घर भत्काएका पीडि़तहरुलाई राहत बितरण

साझेदारी दैनिक
437 पाठक संख्या

धीरेन्द्र पनुहर/

जंगली हात्तीले घर भत्काएका बाराको कोल्हबी नगरपालिकाको बिभिन्न वडाका पीडि़तहरुलाई राहत वितरण गरिएको छ ।

कोल्हवी नगरपालिका बिपद ब्यास्थापन समितिको निर्णय अनुसार बुधबार पालिकाको सभा हलमा एक कार्यक्रमको बिच राहत सामान बितरण गरिएको हो ।

हात्ती पिडितहरुलाई कोल्हवी नगरपालिकाको नगरप्रमुख रामप्रसाद चौधरीले पिडितहरुलाई राहत वितरण गर्नु भएको नगरपालिकाले जनाएको छ ।

राहत पाउने हात्ती पीडि़तहरुमा कोल्हबी नपा वाड न ३ का उपेन्द्र चौधरी,रामानद चौधरी,गजानंद चौधरी,दुर्योधन चौधरी,रामाकान्त चौधरी छन । यसैगरी वडा नं. ४ का श्याम माझी,वडा नं.५ का सत्यनारायण मुखिया,झापस मुखिया,परमसिला चौधरी,बीरवल मुखिया,सोना देवी मुखिया र सुदर्शन मुखिया गारी १२ जना रहेका छन ।

नगरप्रमुख चौधरीको अध्यक्षतामा सम्पन्न राहत वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादव, कोल्हाबी वडा नं. ४ का वडाअध्यक्ष बिष्णु मैनाली,वडा नं.५ का अध्यक्ष नन्दकिशोर चौधरी,वडा नं.६ का अध्यक्ष दिनेश प्रसाद चौधरी,नगरपालिका जिन्सी शाखा प्रमुख रामभजन यादव,ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक भोलामान सिंह अधिकारी,सशस्त्र प्रहरी बल कोल्हबीका प्रमुख उमेश पौडेल लगातको उपस्तिथि रहेको थियो ।

पीडि़तहरुलाई नगरपालिकाले एक थान ब्लानकेट,एक थान बेड सिट र एक थान त्रिपाल उपलब्ध गराएको जनाएको छ । राहत बितरण कार्यक्रमको सहजीकरण बिपद व्यस्थापन शाखा प्रमुख लोकनाथ ओलीले गर्नु भएको थियो।

Leave a review