प्रो क्लब च्याम्पियनशिपको उपाधिका लागि पर्सा ११ र पुलिस क्लब भिडने

साझेदारी दैनिक
318 पाठक संख्या

वीरगञ्जमा जारी प्रो क्लब च्याम्पियनशिप क्रिकेट प्रतियोगिताको उपाधिका लागि पर्सा ११ र नेपाल पुलिस कल्ब भिडने भएका छन ।

दुई वटा सेमिफाईनल खेलको शुक्रबार निस्केको नतिजा अनुसार यी दुबै टिम उपाधिको लागि भिडने भएका हुन ।

सेमिफाईनलमा पर्सा ११ ले नेपाल आर्मीलाई ३१ रनले पराजित गरेको हो । नेपाल पुलिस कल्बले भारतको वन्डर्स क्लब नोयडालाई पराजित गरेको हो ।

यी दुबै टोलीबीचको फाईनल खेल शनिबार वीरगञ्जको नारायणी क्रिकेट रँगशालामा हुने पर्सा क्रिकेट सँघका अध्यक्ष मनिष सिंहले जानकारी दिए ।

पर्सा ११ टिमको कप्तानी नेपालका ख्यातिप्राप्त क्रिकेट खेलाडी सन्दिप लामिछानेले गरि रहेका छन् ।

Leave a review