भारतको उत्तरप्रदेशको अयोध्यामा भगवान रामको मन्दिरमा यही जनवरी २२मा प्राण प्रतिष्ठा हुन गइरहेको छ ।
यस्को लागि जनकपुरबाट बारा हुदै वीरगञ्जबाट जाने भार यात्राको स्वागतको लागि जिल्लामा भव्य तयारी गरिएको छ ।
बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा जनकपुरको टोलीको स्वागतको लागि स्वागत द्वार बनाइएको छ ।
बरियारपुरमा घर घरबाट अक्षता संकलन भएको छ । सामान संकलन भएको छ । जनकपुरबाट अयोध्या जाने यात्रीको लागि घर घरमा रंगोली बनाइएको छ । एक प्रकारले यस क्षेत्रमा उत्साह छाएको छ ।
बरियारपुरको सडकमा चित्रकारी गरिएको छ । घर घरमा के वृद्ध के बालक के यूवा सबै राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा उत्साहित भएका हुन् ।
जनकपुरबाट आउने यात्री बिहीबार बारा हुदै प्रस्थान गर्नेछन् । उनीहरुलाई बाराको ठाउँ ठाउँमा स्वागत गरिने तयारी रहेको छ ।


