कलैयामा युवाहरुले जलाए बंगलादेशको झण्डा

साझेदारी दैनिक
594 पाठक संख्या

कलैया : बंगलादेशमा हिन्दु युवकको बर्बरता पुर्वक हत्या गरिएको बिरोधमा ’बजरंग दल’का युवाहरुले आईतबार बाराको कलैयामा बिरोध प्रदर्शन गरेको छन ।

बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि गरिएको आक्रमण,दमन तथा हत्या हिंसाको विरोधमा सदरमुकाम कलैयामा युवाहरुले प्रर्दशन गरेका हुन । कलैयाको मुख्य चौकमा युवाहरुले टायर बालेर प्रर्दशन गर्दै बंगलादेश विरुद्ध चर्का नारावाजी गरेका थिए ।

उनीहरुले बंगलादेशी मुस्लीम मुर्दाबाद, हिन्दुहरुमाथि गरिएको अन्याय र अत्यचार बन्द गर,हिन्दुलाई मार्न पाईदैन, नेपाललाई हिन्दु राष्ट कायम गर जस्ता नारावाजी गरेका थिए ।

प्रर्दशनका क्रममा आक्रोशित युवाहरुले बंगलादेशको राष्ट्रिय झण्डा जलाएर विरोध जनाएका थिए । आन्दोलित युवाहरु हिन्दुहरुमाथि आक्रमण नरोकिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन ।

Leave a review