बाराको जीतपुरसिमरामा दुई बर्षे बालकलाई कोरोना संक्रमण

साझेदारी दैनिक
साझेदारी दैनिक 386 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा दुई बर्षे बालकमा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार थपिएका नयाँ संक्रमित मध्ये दुई वडा नम्बर १ का दुई बर्षे बालकमा पनी कोरोना संक्रमण पुष्टि भएको वडा सदस्य रामचन्द्र लामाले जानकारी दिएका छन् ।

जीतपुरसिमरामा शुक्रवार थपिएका मध्ये १२ जना वडा नम्बर १ का हुन् । यससंगै वडा नम्बर एकमा यस अघि ७ जना गरि १९ जनामा संक्रमित भएका छन् ।

आज थपिएको नयाँ संक्रमित ‘कन्टयाक ट्रेसिङ्ग’ का हुन् । यसअघि संक्रमित देखिएका कतिपय परिवार सबैमा नै संक्रमण देखिएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review