बारा प्रहरीले ५ लाख ८८ हजार बराबरको चामलसहित मिनि ट्रकलाई नियन्त्रणमा लिएको छ ।
जीतपुरसिमरा स्थित पथलैया चौकमा प्रहरी चेकीङ टोलिले चेकजाच गर्ने क्रममा प्रसौनीबाट चितवन तर्फ जादै गरेको म.प्र.–०३–००१ क २२४१ नं.को मिनि ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी चौकी पथलैयाबाट खटीएको प्रहरी टोलीले ट्रकको भ्याट बिल र अनलाइन बिलमा परिमाण र मुल्य फरक रहेकोले नियन्त्रणमा लिएको हो ।
विल भन्दा ७ हजार केजी अन्दाजी मुल्य पाँच लाख अठासी हजार रुपैया बराबरको चामल रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता न्यौपानेले बताए ।


