थारु समुदायले वीरगञ्जमा माघी पर्ब हर्षोल्लासका साथ मनाएका छन् ।हरेक बर्ष माघ १ गते थारु जातिहरुले माघी पर्व मनाउने गर्छन् ।
यस अवसरमा एक कार्यक्रमको आयोजना गरी यो पर्व मनाइएको हो ।पर्बको अवसरमा वीरगञ्जको घण्टाघरबाट थारु पहिरन रिती सँस्कृति झल्किने भेषभुषामा सजिएका ब्यक्तिहरुले ¥याली निकालेका थिए ।
पुरानो बसपार्कस्थित माघी पर्बको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै थारु जातिका अगुवाहरुले थारु समुदायका ब्यक्तिहरुबीच आपसमा एकता हुनुपर्ने कुरामा जोड दिएका थिए ।
उनीहरुले थारु थारु बीच एकता नभएकै कारणले अधिकारबाट बञ्चित हुनु परेको बताएका छन् ।आपसमा भाईचारा गरेर परिवारमा सँगै बस्न सक्ने थारु समुदायका ब्यक्तिहरुबीच एकता हुन सके आफनो समुदायलाई अझै माथि र विकास गर्न सकिने थारु मेलमिलापका अध्यक्ष मनोज चौधरीले बताए ।
थारु समुदायको सबै भन्दा ठुलो पर्ब माघी भएकोले यसलाई सँरक्षण गर्नुपर्ने उनले जनाए । थारु समुदायका युवाहरुले यसको सँरक्षणमा बढी जोड दिनुपर्ने सफल एकेडमीका प्रिन्सिपल प्रबिण चौधरीको भनाई थियो ।
थारु समुदायका ब्यक्तिहरु एकआपसमा मिलेर बस्न सक्ने तथा मिहेनती र ईमान्दार समेत हुने गरेको दृष्टि आँखा अस्पतालका सञ्चालक बिश्वराज गौतमको भनाई थियो ।
थारु समुदायका ब्यक्तिहरुले हरेक बर्ष माघ १ गतेका दिन नयाँ बर्षको रुपमा माघी पर्बलाई मनाउदै आएका छन् ।

