स्वर्गीय गोपाल गिरी पत्रकारिता पुरुस्कार यस वर्ष पत्रकार बृजलाल पासवानलाई प्रदान गरिएको छ ।
पत्रकार पासवानलाई सोमबार नेपाल पत्रकार महासंघ पर्सामा एक कार्यक्रमको आयोजना गरी सो पुरष्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का साँसद अजय चौरसियाले पत्रकार पासवानलाई पुरस्कार प्रदान गरेका थिए । चौरसियाले नगद ५० हजार राशीको उक्त पुरस्कार सहित कदरपत्र पासवानलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान,पर्सा अध्यक्ष अनुप तिवारी,पूर्व अध्यक्ष अशोक तिवारी,स्व.गिरीका सुपुत्र गिरिश गिरी,पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल,प्रहरी उपरीक्षक कोमलविक्रम शाह,सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य लगायतले पुरस्कृत पासवानलाई दोसल्ला ओेढाएर सम्मानित गरेका थिए ।
पुरस्कृत पासवान राष्ट्रिय सहारा दैनिकका कार्यकारी सम्पादक तथा राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार हुन् ।

