नवदुर्गा क्लब सिमरा मनहर्वा गोल्डकपको सेमीफाईनलमा

साझेदारी दैनिक
367 पाठक संख्या

बागमती यूवा क्लब सर्लाहीलाई ५–१ गोल अन्तरले हराउदै तेस्रो मनहर्वा गोल्डकप फुटबल प्रतियोगामा नवदुर्गा यूवा क्लब सिमरा सेमीफाईनलमा प्रवेव गरेको छ ।

प्रतियोगिता अन्तरगतको मंगलवार सम्पन्न चौथो खेल नवदुर्गा र बागमती युवा क्लबवीच प्रतिस्पर्दा भएको थियो । साविक विजेता समेत रहेको नवदुर्गा सिमराले विहीबार दोस्रो सेमीफाईनल खेल रिगल हेटौंडा रिसोर्टसँग खेल्ने आयोजकले जनाएको छ ।

विदेशी खेलाडीको ह्याट्रिकले नवदुर्गा सिमरालाई सेमीफाईनलसम्मको यात्रा तय भएको हो । खेलको ३२ औं मिनटमा सिमराका लागि विदेशी खेलाडी फोडे फोफानाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । फेरी फोफानाले नै खेलको ७६ औं र ९३ औं मिनटका गोल गर्दै ह्याट्रिक गरेका थिए ।

यसैगरी सिमराकै अर्का विदेशी खेलाडी जर्सी नं. १०का रिचार्डले खेलको ३६ औं र ४४ औं मिनटमा थप दुई गोल गरी पाँच गोलको फराकिलो अन्तर कायम राख्न सफल भएको थियो।

यता बागमती युवाका लागि भने खेलको ७२ औं मिनटमा आशिक स्याङ्गतानले एक गोल गर्दै टिमलाई सान्तवना दिलाएका थिए । प्रतियोगितामा बागमतीले उत्कृष्ट प्रदर्शन गर्दै धेरै अवसरहरु गुमाएपछि हार व्यर्होनु परेको छ ।

बडहर्वा खेल मैदानमा संचालन भएको उक्त प्रतियोगिता स्थानीय मौवादेवी युवा क्लबले आयोजना गरेको हो । प्रतियोगिता अन्तरगको मंगलवारको चौथोमा खेलमा नवदुर्गा यूवा क्लब सिमराका विदेशी खेलाडी फोडे फोफाना मेन अफ दि म्याच घोषित भए । उनले नगद रु २ हजार पाँचस रुपैया पुरस्कार प्राप्त गरे ।

बुधवारको पाँचौ खेल पहिलो सेमिफाईनल खेल हुने छ । बुधवार आयोजक मौवादेवी र बीरगजं यूनाईटेडवीच पहिलो सेमीफाईनलको खेल हुने आयोजकले जनाएको छ ।

Leave a review

This will close in 0 seconds