वीरगजं यूनाईटेड मनहर्वा गोल्डकपको फाईनलमा

साझेदारी दैनिक
389 पाठक संख्या

आयोजक मौवा देवी यूवा क्लबलाई २–० गोलले पराजित गर्दै वीरगञ्ज यूनाईटेड पर्सा तेस्रो मनहर्वा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१८ स्थित बडहर्वा खेल मैदानमा भएको पहिलो सेमीफाईनलमा वीरगञ्ज यूनाईटेडबाट अमर ढंगोल र सागर चौधरीले गोल गरेका थिए ।
मध्यान्तर अघिको खेलको १८ औंमिनेटमा डंगोलले पहिलो गोल गरे । मध्यान्तर पछिको ७३ औं मिनटमा चौधरीले गोल मार्फत जितलाई बल बनाए ।

मौवादेवीले समेत महत्पूर्ण अवसरलाई सदुपयोग गर्न नसक्दा गोल रहित हार स्वीकार्न बाध्य भयो ।

जितसँगै यूनाईटेडले भोलिको विजेतासँग शनिबार फाईनल खेल खेल्ने छ । आजको खेलमा विरगजं यूनाईटेडका खेलाडी अमर डंगोल मेन अफ दि म्याच भई नगद रु २ हजार पाँचस पुरस्कार हात प्राप्त गरे ।

बिहीबारको दोस्रो सेमिफाईनल खेल रिगल हेटौंडा रिसोर्ट मकवानपुर र नवदुर्गा यूवा क्लब सिमराका विच हुनेछ ।

Leave a review

This will close in 0 seconds