हेल्थ केयरले बालबालिकालाई न्यानो कपडा बितरण

साझेदारी दैनिक
साझेदारी दैनिक 140 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको जीतपुरसँग जोडिएको टेडामा तराई मोडर्न हेल्थ केयर होस्पिटल सिमराले शुक्रवार बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ ।

चिसोसँगै शितलहर बढ्दै गएपछि गरिब घरपरिवारका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको अस्पताल स्रोतले जनाएको छ ।

वीरगंज महानगरपालिका वडा नं.३२ टेडामा आर्थिक रुपले कमजोर बिपन्न घरपरिवारका ४५ जना स्कुल पढ्ने बालबालिकालाई न्यानो कपडा बितरण गरिएको तराई मोडर्न हेल्थ केयर होस्पिटलका मे.सु. डा.रबिन्द्र सिँहले जानकारी दिनुभयो ।

उहाँले समाजिक उत्तरदायित्व अन्तर्गत कपडा बितरण गरिएको बताउँनुभयो । चिसोको समयमा समेत पातलो कपडा लगाएर विद्यालय आउने गरेका बालबालिका न्यानो कपडास्वरूप ज्याकेट पाएसँगै खुसी भएका छन् ।

न्यानो कपडाअन्तर्गत बालबालिकालाई उपलब्ध गराइएको न्यानो कपडाले चिसो मौसममा राहत पुग्ने मे.सु. डा.सिँहले बिश्वास ब्यक्त गर्नुभयो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review