कलैया सिटी जेसिजले नि.शुल्क स्वास्थ्य तथा दाँत जाँच शिवीर गर्ने भएको छ ।
उसले वैशाख ५ गते बुधबार कलैया उपमहानगरपालिका वार्ड नम्बर ११ विशम्भरपुरमा रहेको श्री नेपाल राष्ट्रिय अधारभूत विद्यालयको प्राङ्गणमा विहान ८ बजे देखि नि.शुल्क स्वास्थ्य तथा दाँत शिवीर गर्ने भएको हो ।
सो कार्यक्रमको मुख्य सहयोगी श्री कृष्ण डेण्टल क्लिनिक रहेको आयोजकले जनाएको छ ।
“मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो“भन्ने नाराका साथ उक्त शिवीर हुने भएको छ ।
उक्त शिवीरमा चिकित्सक डाक्टर मुकेश यादव, डाक्टर मेरिना बिराजी, डाक्टर रवि कुशवाहा( जितेन्द्र ),डाक्टर प्रदिप गुप्ता र डाक्टर प्रज्ञा अधिकारीले जाँच गर्ने छन् ।
सो शिवीरमा हेल्थ क्याम्प कार्ड निःशुल्क प्रदान गरिने छ । उक्त कार्डले आजीवन श्री कृष्ण डेण्टल क्लिनिकमा पुर्जीको शुल्क लाग्ने छैन,डेण्टल एक्स–रे को शुल्कमा ५० प्रतिशत छुट गरिने छ र अन्य उपचारमा १० देखि ५० प्रतिशत छुट गरिने कलैया सिटी जेसिज २०२४ का अध्यक्ष जेसि पवन कुशवाहाले जानकारी दिए ।
उक्त स्वास्थ्य तथा दाँत शिविरमा उपस्थित भई मौकाको फाइदा लिन सम्पूर्ण कलैयाबासीहरुलाई कलैया सिटी जेसिजलेले अनुरोध गरेको छ ।

