लालपर्साको माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

साझेदारी दैनिक
308 पाठक संख्या

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा स्थित श्री नेरामाबिका बिधार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरिएको छ ।

विद्यार्थिहरुलाई किताब,टिसर्ट लगायतका सामानहरु वितरण गरिएको हो । विद्यालय प्रांगणमै आयोजित कार्यक्रममा वडा अध्यक्ष मनोजकुमार यादवले स्टेशनरीसंगै टि सर्ट समेत वितरण गरेका छन् ।

वडा कार्यालयको विनियोजित बजेटबाट कापी,कलम,क्यालेन्डर र टि–सर्ट वितरण गरिएको अध्यक्ष यादवले साझेदारी दैनिकलाई जानकारी दिए ।

कक्षा एकदेखि १० सम्म अध्ययनरत बिधार्थीहरुलाई वडाध्यक्ष यादवसँगै कार्यक्रमका प्रमुख अतिथी उधोगी गणेश लाठ,वडा सदस्य पन्नालाल महतो धानुक,जँगबहादुर यादव,बिधालय ब्यावस्थापन समितका अध्यक्ष ध्रुप महतो लगायतले शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

नयाँ शैक्षिक सत्र शुरु भएपछि बिधार्थीहरुलाई समयमै किताब लगायतका शैक्षिक सामाग्रीहरु उपलव्ध होस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरी सामान वितरण गरिएको हो ।

Leave a review

This will close in 0 seconds